युवा संघ पोखरा १४द्धारा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

पोखरा ।
राष्ट्रिय युवा संघ पोखरा १४ले वार्षिक कार्यक्रम अन्तर्गत वडाभित्रका दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघले शुक्रराज बलभद्र माध्यमिक र मसिना आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा पोखरा १४ का वडा सदस्य गोपालप्रसाद सापकोटाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । युवा संघले वार्षिक कार्यक्रम अन्तर्गत एकदेखि ५ कक्षाका २ सय २० विद्यार्थीलाई कलम, कापी, इरेजर र सापनर उपलब्ध गराएको संघका वडा सचिव दीपेश पौडेलले बताए ।
युवा संघले वडा भित्रै रहेको मसिनाआधारभूत विद्यार्थीलाई पनि खानेपानी डिसपेन्चर उपलब्ध गराएको छ । समाज सेवी तथा पोखरा १४ एमाले अध्यक्ष बटु कृष्ण कुँवर, बलभद्रका अध्यक्ष यज्ञश्वर पोखरेल र मसिनाका अध्यक्ष जगन्नाथ तिमिल्सिना संघले आयाेजना गरेकाे कार्यक्रममा सहभागी थिए । कार्यक्रममा युवा संघ प्रदेश कमिटी सदस्य एकेन्द्र कुँवर, युवा संघ पोखरा १४ का इन्चार्ज रबिन गुरुङ, अध्यक्ष गौतम सुनार र अन्य पदाधिकारीको उपस्थिति थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया