आमा मिलनद्वारा एचआइभी सचेतना तथा क्षमता अभिवृद्धि तालिम

पोखरा ।
आमा मिलन केन्द्र कास्कीको आयोजना र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको सहयोगमा स्थानीय महिला तथा युवा लक्षित एचआइभी संक्रमण सचेतना तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं २२, २१, ३१, ३०,९ , ८, ७, ५, १०, १७ का विभिन्न वडाहरुसँग समन्वय गरी तालिम सञ्चालन गरिएको हो । समुदायका ४०० जना युवा तथा महिलाहरुको सहभागितामा भएको कार्यक्रम मंगलबार सकिएको हो ।
प्रजनन् स्वास्थ्य, यौन रोग, एचआइभी र एड्सका बारेमा समुदायमा सचेतना जगाउन क्षमता अभिवृद्धि गर्ने, संक्रमित व्यक्तिहरुलाई घरपरिवार र समाजमा अरु सो सरह बाँच्न पाउने अधिकारका बारेमा चेतना जगाउनुका साथै भेदभाव, लान्छानहरुलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले स्थानीय निकायलाई जिम्मेवार बनाउन यो कार्यक्रमले सहयोग पुगेको स्थानीय युवाहरुको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बराल, महिला जनप्रतिनिधि कृष्णकुमारी पौडेल, पोखरा महानगरपालिकाका जनप्रतिनिधि कृष्णबहादुर थापाले यस्ता जनचेतनामूलक कार्यक्रमले समाज सुधारमा सहयोग पुग्ने र यसका जटिलतालाई न्यूनीकरण गर्दै लैजानुपर्नेमा आफूहरु प्रतिवद्धता भएको बताए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष जमुना वर्षा शर्मा, यौनजन्य संक्रमणका विषयमा रजनी रिमाल, यौनरोगका कारण आउन सक्ने जटिलताका विषयमा इन्दिरा पौडेल, एचआइभी संक्रमित व्यक्तिहरुप्रति घरपरिवार र समाजद्वारा गरिने भेदभावको न्यूनीकरणमा क्षमता अभिवृद्धि र समुदायको भूमिकाका विषयमा विद्या पराजुलीले सहजीकरण गरेका थिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया