युवा संघको शैक्षिक सामग्री सहयोग

पोखरा ।
राष्ट्रिय युवा संघ पोखरा १४ ले वार्षिक कार्यक्रम अन्तर्गत वडाभित्रका २ स्कुलमा शैक्षिक सामग्री वितरण गरेको छ । संघले शुक्रराज बलभद्र माध्यमिक र मसिना आधारभूत स्कुलमा शैक्षिक सामग्री वितरण गरेको हो ।
पोखरा १४ का वडा सदस्य गोपालप्रसाद सापकोटाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । संघले वार्षिक कार्यक्रम अन्तर्गत १ देखि ५ कक्षाका २ सय २० विद्यार्थीलाई कलम, कापी, इरेजर, सार्पनर उपलब्ध गराएको संघका वडा सचिव दीपेश पौडेलले बताए ।
युवा संघले वडाभित्रै रहेको मसिनाका विद्यार्थीलाई पनि खानेपानी डिस्पेन्सर उपलब्ध गराएको छ । एमाले पोखरा १४ अध्यक्ष बटुकृष्ण कुँवर, बलभद्रका अध्यक्ष यज्ञश्वर पोखरेल र मसिनाका अध्यक्ष जगन्नाथ तिमिल्सिना, युवा संघ प्रदेश कमिटी सदस्य एकेन्द्र कुँवर, युवा संघ पोखरा १४ का इन्चार्ज रबिन गुरुङ, अध्यक्ष गौतम सुनार लगायतले कार्यक्रममा बोलेका थिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया