राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कास्कीद्धारा सरसफाइ

समाधान संवाददाता २०८० असार ६ गते १७:२७

पोखरा ।
विश्व संगीत दिवसको अवसर पोखरामा सरसफाइ गरिएको छ । राष्ट्रिय लोक दोहोरी प्रष्तिठान कास्कीले बुधबार पोखरामा सरसफाइ गरेको हो । प्रष्ठिानको कास्की शाखाले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्दै विश्व संगीत दिवस मनाएको कास्की कार्यवहाक सचिव रचित पौडेलले बताए ।


उनका अनुसार सरसफाइ कार्यक्रममा प्रष्ठिानमा आवद्ध जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकार र सदस्यहरु गरी ४० जना उपस्थित थिए । सरसफाइ कार्यक्रममा प्रष्ठिनका केन्द्रीय पूर्व अध्यक्ष प्रजापति पराजुली, केन्द्रीय प्रशासनिक सचिव जीवन दाहाल, केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष शंकर बिरही गुरुङ, केन्द्रीय सचिव घनश्याम रिजाल, सहसचिव तारानाथ आचार्य उपस्थित थिए । सरसफाइ कार्यक्रमको संयोजन शाखाका द्धितीय उपाध्यक्ष दीपक अधिकारीले गरेका हुन् । कास्की अध्यक्ष तुलसा क्षेत्रीको अध्यक्षमा ओयोजित कार्यक्रम कार्यवहाक सचिव पौडेलले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया