पोखरामा योग दिवस

समाधान संवाददाता २०८० असार ७ गते १०:३७
of]u lbj;df ko{6gdGqL ls/ftLnufot sf:sL,^ c;f/ M cGt/f{li6«o of]u lbj;sf cj;/df a'waf/ laxfg kf]v/f /Ëuzfnfdf cfof]hgf ul/Psf] of]u lzlj/df ;xefuL ;+:s[lt, ko{6g tyf gful/s p•ogdGqL ;'bg ls/ftL / u08sLsf d'VodGqL ;'/]G›/fh kf08] . tl:a/ M s[i0f bjff8L÷/f;;

पोखरा ।
पर्यटकीय सहर पोखरामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय दूतावासले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा शिविर आयोजना गरेको हो ।


रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले योगाभ्यास गरे । कार्यक्रममा युवा, युवती, वृद्धवृद्धा, विद्यार्थी लगायतले योग अभ्यास गरेका थिए ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगको माध्यमबाट पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए । नेपाल र भारतको सांस्कृतिक सम्बन्ध भएकाले भारतीय पर्यटकका साथै अन्य मुलुलकका पर्यटकलाई योगको माध्यमबाट जोड्न सकिने विचार राखे ।

Advertisement


पर्यटन मन्त्री सुदन किराँतीले भारतीय नागरिकलाई प्राकृतिक सुन्दरता अवलोकन गर्दै योग गराउने गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । पोखराबाटै पनि ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरी र मनास्लु हिमाल देखिने भएकाले हिमालको काखमा योग गर्ने गरी पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाइ छ ।


पोखराको पर्यटन विकासका लागि भारतका विभिन्न सहरसँग सिधा हवाइ उडान गर्नुपर्नेमा किराँतीले जोड दिए । नेपालको धार्मिक पर्यटनको विकास भए यसबाट सांस्कृतिक सम्बन्ध अझै गाढा हुने पनि उनले बताए ।

Advertisement


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ९ औं अन्तर्राष्ट्रिय योग दिवस पोखरामा मनाउन पाउँदा प्रशन्नता व्यक्त गरे ।

विश्वका धेरै मानिसको योगमा आकर्षण देखिएको जनाउँदै उनले पोखराका धेरै मानिस योग दिवसको कार्यक्रममा देख्दा उत्साहित भएको उनले सुनाए । उनले भारतका विभिन्न सहरबाट पोखरामा धेरै भारतीय पर्यटक आउने गरेको उल्लेख गरे ।

पोखरामा अब हरेक वर्ष २१ जुनमा योग दिवस कार्यक्रम गरी मनाउने घोषणासमेत गरे । योग प्रशिक्षक लवदेव मिश्र र कामिनी यावदले योग सिकाएका थिए । प्रशिक्षक मिश्रले देवनागरिक लिपीका अक्षर अक्षरमा योग रहेको बताए । प्रतिकूलतालाई अनुकुलतामा ल्याउने विधिनै योग रहेको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।


प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समेत यो प्रस्तावको समर्थन गरेका थिए ।


नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुन्छ ।

तपाईको प्रतिक्रिया