नियमावली मस्यौदा समितिको कार्यावधि थप
समाधान संवाददाता
२०८० असार ७ गते ११:००

पोखरा ।
गण्डकी प्रदेश सभा नियमावली मस्यौदा समितिको कार्यावधि थप गरिएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले समितिको कार्यावधि असार २० गतेसम्म थप गरेको समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए ।
समितिको कार्यावधि तेस्रो पटक थप गरिएको हो । सुरुमा समितिलाई फागुन मसान्तसम्मको समय दिइएको थियो । त्यसपछि समितिले चैत ९ गतेसम्मको समय मागेको थियो । त्यसपछि पनि काम हुन नसकेपछि जेठ मसान्तसम्मको समयसीमा बढाइएको थियो ।
त्यसलाई पनि थप गर्दै बुधबारको प्रदेश सभा बैठकले समितिलाई असार २० गतेसम्मको समयसीमा प्रदान गरेको हो । विविध कारणवस् नियमावली मस्यौदाको काम गर्न नसकेकाले समितिको कार्यावधि थप गरिएको सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभालाई जानकारी गराए ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया