घार्मीमा भूमेपूजा

समाधान संवाददाता २०८० असार ७ गते ११:३२

पोखरा ।
परम्परागत रूपमा गरिँदै आएको ऐतिहासिक भूमे पूजा पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा भएको छ ।र २२ से २४ से राजाकै पालादेखि चल्दै आएको पूजा वर्षको २ पटक गर्ने परम्परा रहेको पूजा सञ्चालन समिति अध्यक्ष बलराम पौडेल बताउँछन् ।


मुख्य बाली धान लगाउने बेला र धान भित्र्याउने बेलामा भूमे देवताको पूजाआजा गरी वलि दिने प्रचलन छ । अन्न उत्पादनमा कुनै विघ्न बाधा नपरोस् भनी पूजा गरिएको हो ।


भूमे पुज्ने तीखेढुंगा सामुदायिक वनभित्र रहेको पूजा स्थलमा साविकको लामाचौर गाविस वडा नं ६, ७, ८ र ९ का ब्राह्मण तथा जनजातिले सामूहिक रूपमा पूजा गरेका हुन् । वैदिक विधिपूर्वक गरिने पूजामा पुरूषमात्रै सहभागी हुने प्रचलन छ ।

Advertisement


पूजा स्थल व्यवस्थित नहुँदा पूजामा सहभागी हुनेहरुले प्रत्येक वर्ष सास्ती खेप्नुपरेको अध्यक्ष पौडेलले सुनाए । वर्षा याममा रूझेरै पूजा सम्पन्न गर्नुपर्ने वाध्यता छ ।

Advertisement

तपाईको प्रतिक्रिया