विपदमा प्रदेश साथमा हुन्छ मुख्यमन्त्री

समाधान संवाददाता २०८० असार ८ गते १३:३४

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने जनधनको क्षति न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीबार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ । जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी हामीले काम गर्नुपर्छ ।’

Advertisement


प्रदेश सरकारसँग भएको साधन, स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए ।


मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य घटनामा संवेदनशलि भएर अघि बढ्न प्रदेश सरकारले उच्च शर्तकता अपनाएको उनले बताए । मुख्यमन्त्री पाण्डेले बिहीबार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छन् ।

Advertisement


वेन मेटी (खाना तातो बनाउने मेसिन) मोटरबोट र बिभिन्नि किसिमका उद्धार सामग्री गरी करिब ५२ लाखका सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यी सामग्री सुरक्षा निकायले आवश्यकता अनुसार प्रदेश र जिल्लाहरुमा पठाउने छन् । गण्डकी प्रदेश सरकारले विपद्मा परेकाहरुको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया