‘सरी मम’को विशेष प्रदर्शनी

पोखरा ।
युनाइटेड क्लब पोखराले लागुऔषध दुव्र्यसन विरुद्धको अभियान अन्तर्गत लागुऔषधसम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष सो आयोजना गरेको छ ।
पोखराको सभागृहचोकमा रहेको मिड टाउनमा भएको चलचित्र सरी ममको विशेष सोमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विद्या र क्षेत्रका चलचित्रहरु निर्माण भइरहदा लागुऔषध दुव्र्यसनीसम्बन्धी चलचित्रहरु निर्माण हुनु उदाहरणीय काम भएको बताए ।
चलचित्रका निर्माता विनोद लामाले पछिल्लो समय समाजमा लागुऔषध दुव्र्यसनी निकै बढेकाले त्यसलाई समेटेर निर्माण गरेको सरी मम चलचित्रको विशेष प्रदर्शनी आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एनएफआइ क्रियसनको प्रस्तुति रहेको चलचित्र सरी ममसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त. गरे । समाजमा चेतना चलचित्रको माध्यामबाट जगाउन सकिने बताउँदै अध्यक्ष श्रेष्ठले यसअघि पनि विनोद लामाले निर्माण गरेको कखरा वृत्तचित्र प्रदर्शन गरिएको स्मरण गरे ।
कार्यक्रममा युनाइटेड क्लबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले पनि बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया