एकल महिला दिवसमा वक्तृत्वकला

पोखरा ।
अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा पोखराको अन्नपूर्ण गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले कुर्वे परियोजनाको सहयोगमा लैंगिक हिंसा न्यूनीकरणका सवाल विषयमा वक्तृत्वकला आयोजना गरेको हो ।
प्रतियोगितामा लक्ष्मी दाहाल सुवेदी प्रथम, देवी भण्डारी द्वितीय, सुमिना विक तृतीय र सरिता परियार र सरस्वती पौडेल सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय प्रदान गरिएको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले समाज रुपान्तरण र विकासका लागि महिलालाई मूल धारमा ल्याउनैपर्ने बताए । उनले भने, ‘स्थानीय सरकार भएकाले हामी अवसर दिन्छौं, दिएका पनि छौं । अब आरक्षणबाट मात्र होइन, प्रतिस्पर्धाबाटै अघि आउन सक्ने क्षमता बनाउन जरुरी छ ।’
पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले महिलाहरु कार्यकारी अधिकार प्रयोग गरी परिणाम निकाल्न सक्षम भए पनि सामाजिक संरचना र आम मानिसमा त्यस खालको सोचाइ विकास भइनसकेको जनाइन् । उनले जनप्रतिनिधि, समाजका अगुवाहरुमै पनि यस खालको समस्या रहेको उनले सुनाइन् ।
एकल महिला समूह कास्की अध्यक्ष जूना केसीले महिलामा पनि एकल महिला समाजको पिँचमा रहेका भूइमान्छे भएको जनाइन् । उनले यो समूहलाई सशक्तीकरण गर्न विभिन्न तहका सरकार, नागरिक समाज, सर्वसाधारण, संघ, संस्था सबैको भूमिका आवश्यक हुने उल्लेख गरिन् ।
पत्रकार दुर्गा भण्डारीले समुन्नत नेपालका लागि हिंसारहित समाज जरुरी भएको बताइन् । उनले लिंग, जात, समुदायका आधारमा हुने हिंसा र भेदभाव आधुनिक युगमा लाजलाग्दो परिस्थिति भएको उल्लेख गरिन् ।
कार्यक्रममा अन्नपूर्ण वडा नं. ३ का अध्यक्ष फणीन्द्रप्रसाद पौडेल, वडा नं. २ का अध्यक्ष पीताम्बर भण्डारी, एकल महिला समूह कास्की सचिव विष्णु श्रेष्ठ लगायतले बोलेका थिए ।
१३ प्रतियोगी सहभागी प्रतियोगिताको निर्णायकमा अधिवक्ता दुर्गा भण्डारी र फडिन्द्र अकिञ्चन थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया