अन्नपूर्ण गाउँपालिकाको बजेट १० करोड घट्यो
पोखरा ।
आउँदो आर्थिक वर्षका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्षको बजेटमा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा आइतबार उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ । अन्नपूर्णले भौतिक पूर्वाधार निर्माण केन्द्रित बजेट ल्याएको छ ।
पालिकाले चक्रपथ निर्माण रसबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडक सञ्जाल बनाउने गरी बजेट विनियोजन गरेको छ । बाह्रै महिना सडकमा यातायात चल्न बनाउन सक्ने बजेटको उद्देश्य छ ।
अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया