हस्पिटालिटी सिक्दै होमस्टे सञ्चालक

पोखरा ।
ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ । गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने देशकै नमुना होमस्टे पनि यहीं छन् ।
हाल गण्डकीका ११ जिल्लामा २ सय ७५ भन्दा बढी होमस्टेले अतिथि सत्कार गरिरहेका छन् । तिनै होमस्टेका सञ्चालक स्याङ्जाको फेदीखोला गाउँपालिका ४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भएका छन् ।
गण्डकी प्रदेशभर भर्खरमात्र खुलेका होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् । होमस्टे (घरबास) महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्र्ड पोखरासँगको सहकार्यमा आधरभूत पर्यटन र घरबास तालिमको तारतम्य मिलाएको हो ।
तालिम शनिबार राती फेदीखोला गाउँपालिका ४ का वडाध्यक्ष खेमनारायण पौडेलले सुरुआत गरे । पौडेलले होमस्टे सञ्चालकलाई यो तालिम कोशेढुंगा साबित हुने अपेक्षा गरे । ‘होमस्टे सञ्चालकबीचको अनुभव आदानप्रदानले धेरै कुरा सिकाउनेछ’, उनले भने । आर्थिक समृद्धिका लागि होमस्टेको प्रवद्र्धन र विकास आवश्यक रहेको उनको भनाइ छ ।
फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पूजा गुरुङले होमस्टेले उजाडिएका गाउँमा विकासको लहर ल्याउने अपेक्षा गरिन् । ‘बसाइँसराइ गरेकालाई पनि होमस्टेले गाउँ फर्काएको छ’, उनले भनिन् ।
होमस्टे महासंघ गण्डकी अध्यक्ष धनीराम गुुरौंले तालिममा व्यक्तित्वसँगै सामाजिक र आर्थिक विकासबारे सिकाइने बताए । ‘दूर दराजमा रहेका नयाँ होमस्टे सञ्चालक विशेष गरेर महिला दिदीबहिनी लक्षित तालिम हो’, उनले भने । तालिममा सहभागी प्रशिक्षार्थीले आफ्ना जिल्लाका होमस्टे सञ्चालकलाई प्रशिक्षण दिने छन् ।
कार्यक्रममा होमस्टे महासंघ गण्डकीका संस्थापक अध्यक्ष हरि पौडेल, होमस्टे महासंघका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोला, गण्डकी उपाध्यक्ष मोहन खनाल, सचिव कृष्ण तिमिल्सिना, राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेका कोषाध्यक्ष ईन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।
१२ गतेसम्म चल्ने तालिममा गण्डकी प्रदेशभरका ३० होमस्टे सञ्चालक सहभागी छन् । होमस्टे सञ्चालनको अनुभव भएका सुरज बाँस्तोला, राजकुमार लामिछाने र मनिषा श्रेष्ठले अतिथि सत्कार, वास व्यवस्थापन, पाक शिक्षा र सामाजिक विकासबारे सहजीकरण गर्ने छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया