श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोसाक

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।
शनिबार गण्डकी प्रदेशका सांसद, पूर्वमन्त्री तथा पोखरा उद्योग वाणिज्य सघका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापासहितका अतिथिहरुले विद्यार्थीहरुलाई शैीक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै प्रमु्ख अतिथि सांसद थापाले विद्यार्थीहरुलाई विद्यालय नछाड्न आग्रह मात्रै गरेनन्, आवश्यक परे उनीहरुलाई सघाउने वचन पनि दिए ।
पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा महासचिव बलराम आचार्यले घरेलु कामदारको रुपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे ।
बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम परियोजना अधिकृत प्रिति पाण्डेको स्वागत तथा सुफल घिमिरेको सञ्चालन रहेको कार्यक्रममा संघका उपमहासचिव शोभा गौतम तथा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गको पनि सहभागिता थियो ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया