थ्री अन थ्री बास्केटबल र भलिबल स्पर्धा सम्पन्न
पोखरा ।
माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा–३, नदीपुरले तेस्रो अन्नपूर्ण एसइइ थ्री अन थ्री बास्केटबल तथा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा बास्केटबल छात्रातर्फ विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल प्रथम, द्वितीय माउण्ट अन्नपूर्ण माध्यमिक भएका थिए । त्यस्तै छात्रतर्फ कोट गाउँ ‘ए’प्रथम,र कोट गाउँ ‘बी’ द्वितीय हुन सफल भए । भलिबलतर्फ माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय प्रथम, पोखरा भलिबल टे«निङ सेन्टर द्वितीय भएका थिए । प्रतियोगितामा दुवैतर्फ गरी सत्र समूहको सहभागीता रहेको थियो ।
विजेता खेलाडी तथा समूहलाई कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ र स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग रानाभाटले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, शैक्षिक विभाग निर्देशक अशोककुमार शाहीले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया