राष्ट्रिय छन्द पुरस्कार वियोगीलाई

समाधान संवाददाता २०८० असार ११ गते १३:३४

पोखरा ।
पोखरेली स्रष्टा एवम् छन्द बचाऊँ अभियान–२०५३ का सञ्चालक छन्दकवि माधव वियोगीलाई जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार प्रदान गरिने भएको छ ।

Advertisement


धनगढीस्थित कैलाली जनपुस्तकालयद्वारा सञ्चालित तथा कवि मनिराज जोशीद्वारा आफ्नी माता जसुन्धराको नाममा स्थापित उक्त पुरस्कार यही असार २९ गते भानुुजयन्तीका दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ ।


पुस्तकालयका अध्यक्ष एवम् सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । प्राप्त जानकारी अनुसार छन्द आन्दोलनमार्फत् छन्दोबध्द कविता लेखनमा पुनर्जागृति ल्याउँदैे काव्यसंस्कृति रक्षाका लागि अनवरत सेवा गरेवापत् उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।


छन्द अभियन्ता वियोगीका ८ महाकाव्यहित ३३ वटा काव्यकृति प्रकाशित छन् । यसअघि कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार, दुल्लभ लामिछाने पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार,महाकवि देवकोटा पुरस्कार, प्रतिभा पुरस्कार, राधालक्ष्मी पुरस्कार,छन्दरथी पुरस्कार,लेखनाथ पौडेल सम्मान,पल्लव साहित्य सम्मान, जनप्रिय प्रतिभा सम्मान, गेरुअम्बिका स्मृति वाणी सम्मानलगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका वियोगी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख पनि हुन् । उनी छन्द विश्वविद्यालय स्थापनार्थ समेत क्रियाशील छन् ।

Advertisement

तपाईको प्रतिक्रिया