१८ औं रोपाइँ महोत्सव
धानमा पोखराको छुट्टै पहिचान छ

आज हामी राष्ट्रिय धान दिवस र १८ औं रोपाइँ महोत्सव एकसाथ मनाउँदै छौं । पुरानो पोखराका सबैजसो फाँट अहिले कंक्रिटले भरिएका छन् । कुनै बेला जेठोबुढो र पहेलो झुल्ने फाँटहरु अहिले घरले ढाकिएका छन् । पोखरा पर्यटनको राजधानी हो ।
प्राकृतिक र सांस्कृति रुपले पृथक र सुन्दर पोखराको कृषिमा पनि पृथक पहिचान छ । यहाँका जेठोबुढो र पहेले धानको चामल नेपालभर प्रसिद्ध छ । लेखनाथ र छेउछाउका अरु गाविस समावेश गरी पोखरा महानगर बनेको छ । ४ सय ६४ वर्ग किमी क्षेत्रफल रहेको पोखरा देशकै सबैभन्दा ठूलो महानगर हो । पुरानो पोखराका धेरैजसो धान खेत मासिँदै गएका छन् । पछि थपिएका वडामा पनि मासिने क्रम छ । तैपनि पोखरा महानगरमा जति ठाउँमा खेतीपाती गरिन्छ, त्यतिमध्ये धान मुख्य बाली नै हो ।
पोखरामा हिउँदे र वर्खे दुवै थरीको धान खेती हुन्छ । महानगरको कृषि विकास महाशाखाले धान खेतीलाई सहयोग गर्दै आएको छ । गत वर्ष पोखरामा ११ हजार २ सय हेक्टरमा धान खेती भएको छ । उत्पादनका हिसाबले पनि यहाँ सबैभन्दा धेरै धान नै फल्छ । गत वर्षबाट हामीले चैते धानलाई प्रमोसन गरेका छौं । ५० प्रतिशत अनुदानमा बिउँ दियौं, धान प्रशोधन र अुनगमनमा पनि सहयोग गरेका छौं । पुरानो पोखरामा सिंचाइको समस्या कम छ, बरु नहरको पानी प्रयोग हुन नसक्ने अवस्था आएको छ ।
पछि थपिएका वडाका विभिन्न भागमा सिचाइको समस्या छ । कृषिमा हाम्रो परम्परात प्रणाली करिब करिब मासिएको छ, आधुकि प्रणालीलाई हामीले राम्रोसँग आत्मसात गर्न सकेका छैनौं । रोपाइँ महोत्सवमा गत वर्षबाट हामी प्रवद्र्धकको रुपमा रहेका छौं । यो महोत्सवले नेपालको धान खेतीबारे थाहा नभएका बालबालिकालाई यसबारे जानकारी दिन्छ । पर्यटकलाई अनौठो नेपाली खेती प्रणालीले आकर्षित गर्छ । नेपाली समाजमा सबै मानिस एक पटक हिलोमा पुग्नुपर्छ भन्ने मान्यता छ ।
सम्भव हुने महानगरबासीलाई म महोत्सवमा सहभागिताका लागि अनुरोध गर्दछु । यो महोत्सवमात्र होइन, नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने सन्देश दिने अवसर पनि हो । अरु वडामा पनि रोपाइँ महोत्सव आयोजना गर्न र कृषि उत्पादन बढाउन म आग्रह गर्दछु ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया