नेपालमा अफसिजन हुन्न भन्ने सन्देश

नेपालको पर्यटनमा कहिल्यै पनि अफ सिजन हुँदैन भन्ने सन्देश दिनु रोपाइँ महोत्सवको मूल उद्देश्य हो । पहिला पहिला बर्खा याम पर्यटकका लागि होइन भन्ने थियो । किनभने बर्खायाममा पोखरामा पर्यटक लक्षित कुनै गतिविधि थिएनन् । पोखरा सधैका लागि हो, सबै सिजनका लागि हो भन्ने सन्देश दिन र हाम्रो संस्कृतिको पनि संरक्षण गर्न रोपाइँ महोत्सव गर्ने जुक्ति फुरेको हो ।
महोत्सवले सधैभरि पर्यटकलाई नेपाल भिœयाउने र संस्कृति बचाइराख्ने भयो, परम्परा जोगाइराख्ने भयो, भाइचारा पनि बढ्ने भयो, जसरी होलीले भाइचारा बढाउँछ नि । रोपाइँ महोत्सवले पनि भाइचारा बढाउँछ । आपसमा लडीबुडी गर्ने, खेतमा रमाउने भन्ने उद्देश्यले सुरुआत गरेका हौं । यसलाई निरन्तरता दिनुपर्छ । अहिलेको युवा पुस्ताले भुलेको र नदेखेको कृषि प्रणाली पनि यो महोत्सवले देखाउँछ ।
यसले पर्यटकलाई पनि प्रतिकूल मौसममा पनि पोखरा आउन प्रेरित गर्छ । पोखरामा बाह्रै महिना पर्यटक भित्रयाउन यसको ठूलो महत्व छ । पोखरामा भएका खेतीयोग्य जमिन, वर्षामा देखिने हरिया फाँटहरु मासिनबाट जोगाउन पनि महोत्सवले मद्दत पु¥याएको छ । महोत्सवले हाम्रो मौलिकतालाई पनि झल्काइरहेको हुन्छ ।








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया