महर्जनको नेतृत्वमा रोट¥याक्ट क्लब अफ पोखरा जिएमसीको कार्यसमिति चयन

समाधान संवाददाता २०८० असार १६ गते २०:५७

समाधान संवाददाता
पोखरा ।


रोट¥याक्ट क्लब अफ पोखरा जिएमसीमा सन्ध्या महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको ८ औं अधिवेशनले महर्जनको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


क्लबको बोर्ड अफ डाइरेकटर (बिओडी)को उपाध्यक्षद्वय नवीन साही र नलिसा प्रधान चयन भएका छन् । यस्तै क्लबको सचिव अदित आचार्य चयन भएका हुन् । संस्थाको, कोषध्यक्ष दीक्षान्त झा चयन भएका छन् । भने पूर्व अध्यक्ष अनुपा वाग्ले पदेन कार्यसमिति चयन भएकी हुन् ।

Advertisement


सचिव आचार्यका अनुसार यसवर्ष संस्थाले सदस्यको व्यक्तित्व विकासमा जोड दिनेछ । संस्थाले समाजमा योग्दान दिने कुरालाई प्रथामिकता राखेको उनले सुनाए । क्लबले यसअघि छिन्नमस्ता अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर हन्स्तान्तरण गरेको थियो । यस्तै तनहुको एक विद्यालयमा शैक्षिक समाग्री प्रदान गरेको थियो । संस्थाले जिएमसी अस्पतालमा पोर प्याटेन्ट फाउण्ड (पिपिएफ) सञ्चान ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया