अकाल मृत्युको कारण बन्दै एन्टिबायोटिक सेवन

सञ्जय रानाभाट २०८० असार १७ गते १६:५०

सञ्जय रानाभाट, पोखरा ।

Advertisement

रोग नलागिकनै शरीरमा पुगेका एन्टिबायोटिकका कारण पछिल्लो सयम मानिसको स्वास्थ्यमा अनौठा लक्षणहरु देखिन थालेका छन् । अल्पआयु, स्वास्थ्यमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्तो रोग नेपालीको घरैपिच्छेको समस्या बनेको छ ।

बढ्दो सहरीकरण, बदलिएको जीवनशैली र तनाव भएको आमबुझाइ भएपनि बिरामी हुँदा खाइने एन्टिबायोटिक दबाई पनि यसको प्रमुख कारण हुन थालेको छ । सँगै कतिपय खानेकुरा र अन्य माध्यमबाट पनि मानिसको शरीरमा एन्टिबायोटिकले प्रवेश पाउने गरेको छ ।


खानाकै रूपमा मुखबाट शरीरमा पुगेको एन्टिबायोटिकले नै प्रतिरोधात्मक शक्ति झन् कमजोर बनाउने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनले देखाएको छ । नेपालमा पनि एन्टिबायोटिक जोखिम उच्च रहेको ‘औषधि स्तर नियमावली २०४३’ हेरे पुग्छ । उक्त नियमावलीमा नेपाल सरकारले औषधिलाई क, ख र ग गरेर तीन किसिममा बाँडेको छ ।

ब्रोइलर कुखुरालाई दिइएको एन्टिबायोटिक्स मासु खाँदा मानिसको शरीरमा प्रवेश गर्छ र कतिपय रोगमा सामान्य औषधिले कामै नगर्ने हुन्छ

Advertisement


समूह ‘क’ मा लागु र विषालु औषधि ‘ख’ मा एन्टिबायोटिक्स हर्मोन्स पर्छ । यी समूहहरुको औषधीहरु चिकित्सकको प्रेस्क्रिप्सन अनुसारमात्र बिक्री वितरण गर्न पाइन्छ । यस्ता औषधीहरु फर्मास्टि (मेडिकल)ले बिक्री वितरण गर्न पाउँदैनन् । तर, नेपालमा रुगाखोकी लागेर मेडिकल पुगेका बिरामीलाई बिनाजाँच एन्टिबायोटिक्स दिइन्छ । जुन कुराले स्पष्ट पार्छ नेपालमा एन्टिबायोटिकको जोखिम कति छ ? सामान्य बिरामी पर्दा पनि एन्टिबायोटिक्स खाएपछि ठूलो समस्या आउँदा त्यस्ता औषधीले काम नगर्ने विज्ञ बताउँछन् ।


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका फार्मेसी अधिकृत साजन बरालका अनुसार फार्मेसी (मेडिकल पसल)हरुले समूह ‘ग’ अन्तर्गत रहेर औषधि बिक्री गर्नुपर्छ । जसका लागि चिकित्सकको प्रेस्क्रिप्सन चाहिँदैन यस्तो औषधिमात्र मेडिकलले बिक्री गर्न सक्छन् । मेडिकल पसलहरुले अनुभवको आधारमा कुनै पनि बिक्रेताले बिक्री गर्न सक्नेछन् । औषधि बिक्री गर्दा फर्मासिष्ट वा व्यवसायीको उपस्थिति अनिवार्य हुने छैन । तर, नेपालमा यस्तो छैन, फर्मास्टिहरुले बिरामीलाई चिकित्सकको अनुमतिविना एन्टिबायोटिक औषधी दिइरहेका छन् ।


युएसएआइडीमा आवद्ध डा सन्तोष दुलालका अनुसार ब्रोइलर कुखुराको मासु मार्फत पनि एन्टिबायोटिक मानव शरीरमा प्रवेश गरिरहेको छ । ‘ब्रोइलरलाई छिटो हुर्काउन दिइने एन्टिबायोटिक (ग्रोथ हर्मोन)का कारण पनि नेपालीको शरीरमा एन्टिबायोटिकको मात्र बढिरहेको छ,’ डा दुलाल भन्छन्, ‘ब्रोइलर कुखुरालाई दिइएको एन्टिबायोटिक्स मासु खाँदा मानिसको शरीरमा प्रवेश गर्छ र कतिपय रोगमा सामान्य औषधिले कामै नगर्ने हुन्छ ।

केही समयअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल लगायत १ सय १४ देशमा गरेको तथ्यांकमा आधारित रहेर गरिएको अनुसन्धानले पनि कतिपय रोगलाई औषधिले कामै नगर्ने तथ्य फेला परेको डा दुलालले जानकारी दिए । ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ विरुद्ध सचेतना सम्बन्धी पोखरामा आयोजित कार्यक्रममा उनी यस्ता जानकारी दिँदै थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा कार्यक्रम भएको थियो ।


डब्लुएचओका अनुसार एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भविष्य नभएर आजको जल्दोबल्दो मुद्दा हो । सामान्य औषधीले काम नगर्दा लामो समय अस्पतालमा बस्नुपर्ने र बिरामीको मृत्यु समेत भइरहेका छ । त्योभन्दा पनि डर लाग्दो कुरा २०१४ मा ‘जीम ओनिली’ नेतृत्वले गरेको एउटा अध्ययनले एन्टिवायोटिकको जोखिम र क्षतिबारे प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा २०५० सम्ममा हरेक वर्ष एक करोडजनाको मृत्युको कारक एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) हुने प्रक्षेपण गरेको छ ।

जुन कुरा अहिले आएर २०३० मै एक करोड मान्छेको मुत्यु हुन्छ भनेर भनिएको छ । यसरी मृत्यु हुनेको संख्या विश्वको कुल वार्षिक मृत्युको २० प्रतिशतभन्दा मात्र हो । अहिले विश्वमा नियमित मरण, मुटु रोग, पक्षघात, क्षयरोग, झाडापखाला, मधुमेह, सडक दुर्घटना, उच्चरक्तचाप आदि कारणले मात्र हुन्छ । तर, एन्टिमाइक्रोवियल रेसिस्टेन्सबाट जोगिन सकिएन भने यसको खतरा निकै ठूलो पर्ने विज्ञहरु बताउँछन् ।


डा विवेका श्रेष्ठका अनुसार एन्टिबायोटिक औषधि यस्तो बेला प्रयोग गरिन्छ जुन बेला सामान्य औषधीले काम गर्दैन । ‘भर्खरैमात्र विश्वलाई नै आक्रन्त पारेको कोरोना भाइस ‘ओमिक्रोन’ले आक्रमण गर्दा मात्र एन्टिबायोटिक औषधिहरुको सेवन अनिवार्य गर्नुपरेको थियो,’ उनले भनिन्, ‘तर, दैनिक जीवनमा प्रयोग हुने खानेकुरा र सामान्य रुगाखोकीमा पनि एन्टिबायोटिक औषधी खाँदा अल्पआयूमै मृत्युको जोखिम उच्च छ । यो संख्या वृद्धि हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।’


(एन्टिमाइक्रोवियल रेसिस्टेन्स) एएमआरको प्रभाव केही देशले त एन्टिबायोटिकको प्रयोगलाई प्रतिबन्ध नै लगाउन थालेका छन् ।

बेलायत, स्वीडेनजस्ता देशले एन्टिबायोटिक प्रयोगमा प्रतिबन्ध लगाउन थालेको समाचार आइरहेका छन् । यसरी नेपालमा मान्छेले खाने एन्टिबायोटिक समेत डाक्टरको प्रेसक्रिप्सनबिनै बिक्री रोक कहिले हुन्छ र अवैध उत्पादन हुने ब्रोइलर कुखुरा कसरी नियन्त्रण हुन्छ नेपाल सरकारतर्फ प्रश्न तेर्सिएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया