‘राजाका छाेरा’ काे बिहेमा पालिका बिदा

समाधान संवाददाता २०८० असार १८ गते १०:५४

पोखरा ।
मुस्ताङको लोमन्थाङ गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । असार १८ गते मुस्ताङी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष टसिन्हर्वु गुरूङले बताए ।


उनले मुस्ताङी राजा जिग्मे परबल विष्टको योगदानको सम्मानमा बिदा दिइएको जनाए । ‘विवाह त ३ दिन हो । तर, हामीले एक दिनमात्र पालिकामा बिदा दिने निर्णय गरेका छौं ।’ राज जिम्मे परबलको २०७३ मा मृत्यु भएको थियो । परबलले पालिकामा कल, झगडा, मुद्दा, मामिला मिलाउने गरेका थिए ।


परबलका छोरा झिग्मी सिङी पलवर विष्टको ३४ वर्षमा विवाह हुँदै छ । ‘राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाहोत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकाले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ अध्यक्ष गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

अध्यक्ष गुरुङले मुस्ताङको संवेदनशील अवस्थामा मुस्ताङी राजा नेपालको हकहितमा लागि प्रतिवद्ध रहेको जनाए । ‘हाम्रो धार्मिक सांस्कृतिमा उहाँलाई आदर गर्नु स्वभाविक पनि हो । यहाँ जति पनि पर्यटक आउँछन् । उहाँले बनाएका संरचना हेर्न आउँछन्,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया