बालगृहलाई लायन्स क्लबकाे सहयाेग

पोखरा ।
लायन्स वर्ष २०२३/२०२४ को अवसरमा लायन्स क्लब अफ सिमल चौतारी र लायन्स क्लब पिसटाउनले सृजना बालगृहमा खाद्यान्न सहयोग गरेका छन् ।
कार्यक्रममा पिस टाउनका अध्यक्ष केशीमाया नेपाली, जोन प्रमुख रश्मि भण्डारी, पूर्व अध्यक्ष सीता सुवेदी र कोषाध्यक्ष रेश्मा वैद्यले बालगृहका संयोजक सोमनाथ बराललाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
पोखरामा क्रियाशील दुवै क्लबले सृजना विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाका लागि खाद्यान्न सहयोग गरिएको सिमल चौतारीका अध्यक्ष पंकज पौडेलले बताए ।
कार्यक्रमा सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, लायन्स क्लब डिस्ट्रिक्टका प्रमुख बालकृष्ण बराल, सिमल चौतारीका संस्थापक अध्यक्ष नरेश बराल, पूर्व अध्यक्ष कृष्णमान ठुसाजु, जोन प्रमुख शिव बराल, प्रथम उपाध्यक्ष विक्रम खिचाजु, सचिव जय बराल, केन्द्रका सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, सचिव भीम सुवेदी, कोषाध्यक्ष कृष्णप्रसाद बराल, बाल अधिकार मञ्चका सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक दिलीप सुवेदी लगायतले बोलेका थिए ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया