लमजुङ र गोरखामा छात्रवृत्ति वितरण

पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित गरिब तथा जेहेनदार तमु विद्यार्थी छात्रवृत्ति शनिबार लमजुङ र गोरखामा वितरण गरिएको छ । संस्थाले गोरखा र लमजुङका ३७ विद्यार्थीलाई छात्रवृत्ति दिएको हो ।
संस्थाले पोखरामा ८३ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कञ्चन तमु, सहकोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको समूहले लमजुङको बेसीसहरमा एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रमका लागि तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समिति उपाध्यक्ष सन्तोष टु तमुले समन्वय गरेका थिए । संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको नेतृत्वमा द्वितीय उपाध्यक्ष डमरबहादुर तमु, सहसचिव भेषबहादुर तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, सदस्यहरु लोकबहादुर तमु र मणिलाल तमुको अर्को समूहले गोरखा बजारमा छात्रवृत्ति वितरण गरेको थियो ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खा जिल्ला समितिको समन्वयमा भएको कार्यक्रममा ह्युलाका अध्यक्ष रामबहादुर तमु, संस्थाका सदस्य लोकबहादुर तमु र विद्यार्थी युनिका तमु, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमु र सचिव भेषबहादुर तमुले बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया