लायन्स क्लब अफ पोखरा गण्डकीमा पदभार ग्रहण
पोखरा ।
लायन्स क्लब इन्टरनेसनल ३२५ एम नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको वर्ष २०२३/०२४ का नवनिर्वाचित अध्यक्ष रूद्रबहादुर श्रीसले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
नयाँ लायन वर्ष सुरुआतको पूर्व सन्ध्यामा क्लबका नवनिर्वाचित अध्यक्ष श्रीसलाई निवर्तमान अध्यक्ष उषा थापाले पदभार हस्तान्तरण गरेकी हुन् । जुलाई १ तारिखबाट नयाँ लायन वर्ष प्रारम्भ भएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रीसले डिस्ट्रिक्ट गभर्नरसमक्ष आफूले गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै क्लबलाई नयाँ उचाइमा लैजाने प्रतिज्ञा गरे ।
अग्रजको मार्गनिर्देशन र सदस्यको सुझावलाई आत्मसात् गर्दै क्लबलाई क्रियाशील बनाउन नेतृत्वदायी भूमिका खेल्ने उनको वाचा छ । निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित अध्यक्षले क्लबलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन् । लायनवाद र लायन्सको बारेमा आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले क्लबको नयाँ टिमलाई आफ्नो पूर्ण साथ र समर्थन रहने सुनाइन् ।
क्लबकी संस्थापक अध्यक्ष एवं डिस्ट्रिक्टकी रिजन चेयरपर्सन कोपिला श्रीसले आवश्यकतालाई प्राथमिकतामा राखेर सामाजिक सेवामा समर्पित हुनुपर्ने धारणा राखिन् । डिस्ट्रिक्ट क्याबिनेट को–सेक्रेटरी कुलचन्द्र शर्माले लायनवाद र लायन्सको बारेमा सबैले बुझ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रम क्लबकी निवर्तमान अध्यक्ष उषा थापाको अध्यक्षतामा भएको हो ।








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया