तीव्रेकोट वनमा वृक्षारोपण

पोखरा ।
डिभिजन वन कार्यालय कास्कीले वृक्षारोपण गरेको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा ‘सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने नाराका साथ वन कार्यालयले पोखरा २५ हेमजा, मेलवोट स्थित तीव्रेकोट सामुदायिक वनमा अम्बा, रुखकटहर, एभोकाडो, जामुन, लप्सी लगायतका २ हजार ४ सय वटा विरुवा रोपेको हो ।
डिभिजन वन कार्यालय कास्कीको ३ लाख लगानीमा सामुदायिक वनभित्र फलफूल विरुवा रोपण कार्यक्रम अन्तर्गत सो वनको खण्ड नम्बर १ को करिब ८ हेक्टर वन क्षेत्रमा बिहीबार फलफूलका विरुवा रोपिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले वनको बहुआयामिक प्रयोग गरी उद्यमसँग जोड्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । वन मन्त्रालयका सचिव विशाल घिमिरेले राष्ट्रिय वृक्षारोपण दिवसको महत्वबारे प्रकाश पारे ।
गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले तीव्रेकोट सामुदायिक वन कास्कीको उदाहरणीय वन भएको उल्लेख गरे ।
कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले वृक्षारोपणले बाँदर लगायतका वन्य जन्तुले वनक्षेत्र भित्र आहारा प्राप्त गर्ने र मानव वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया