अपांगता भएकालाई नेतृत्व विकास तालिम

समाधान संवाददाता २०८० असार १८ गते १३:३७

पोखरा ।
अपांगता भएका व्यक्तिका लागि पोखरा १ बगरमा नेतृत्व विकास, तालिम तथा विविध सामग्री वितरण गरिएको छ ।

आवाजविहीन जनताको साथी संस्था पोखरा नेपालको आयोजना र पोखरा १ अपांगता सञ्जालको सहकार्य तथा वडा नं. १ को कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।


सो अवसरमा नेतृत्व विकास, अपांगतासम्बन्धी कानुनी व्यवस्था, उपलब्ध सेवा, सुविधा र अपांगता भएका बालबालिकाका लागि सम्भावना र चुनौती विषयमा सहजीकरण गरिएको थियो । अधिवक्ता विष्णु खनाल, श्रीकान्त सापकोटा र संस्थाका अध्यक्ष शोभा पौडेलले सहजीकरण गरेका थिए ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले अपांगता भएका व्यक्तिलाई दया र माया नभई अवसर र अधिकारको खाँचा रहेको औंल्याइन् । उनले अपांगतालाई आर्थिक समस्यासँग मात्रै जोडिएका समस्या आउने गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्रभित्र अपांगता भएका व्यक्तिहरुका सबाल पनि पार्नुपर्नेमा जोड दिइन् ।


कार्यक्रममा सामाजिक विकास कार्यालय कास्की प्रमुख ईन्द्रबहादुर थापाले अझै पनि ग्रासरुटमा रहेका अपांगता भएका व्यक्तिका समस्या राज्यले सम्बोधन गर्न नसकेको स्वीकारे । वडा नं १ का वडा अध्यक्ष साहारा प्रधानले अपांगता भएका व्यक्तिका समस्या सम्बोधन गर्न आफू दिलो ज्यान दिएरअघि बढ्ने बताए ।

Advertisement


आयोजक संस्थाकी अध्यक्ष शोभा पौडेलले राज्य र राज्यका अंगले साथ दिएमा ऊर्जा सञ्चार हुने र अपांगता भएका व्यक्तिहरूको पक्षमा हिम्मतका साथ क्रियाशील हुने प्रेरणा मिल्ने उल्लेख गरिन् । आयोजक संस्थाका अध्यक्ष शोभा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ भित्र बसोबास गर्ने ३५ जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री, शैक्षिक सामग्री, मल बिउबिजन, औषधी, कुखुराका चल्ला, दाना वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया