बाटाे हिलाे बनाएकाे भन्दै माछापुच्छ्रेका वडाध्यक्ष गुरुङले कुटे उपभाेक्ता समितिका अध्यक्षलाई

पाेखरा।
माछापुच्छ्रे गाँउ पालिका वडा नम्बर ८ का वडाध्यक्ष राम गुरुङले स्थानीय एक उपभाेक्ता समितिका अध्यक्षलाई कुटेका छन् । वडा नम्बर ८ कै खाेराकाे मुख उपल्लाे इदी खाेला माछापुच्छ्रे सडक उपभाेक्ता समितिका अध्यक्ष अमृत भण्डारी वडाध्यक्ष गुरुङबाट कुटिएका हुन् ।
हिजाे आइतबार दिउसाे वडाध्यक्षबाट कुटिएका उपभाेक्ता समितका अध्यक्ष भण्डारी अहिले वडा प्रहरी कार्यालय वगरमा जाहेरी लिएर पुगेका छन् । प्रहरीले पहिले छलफल गर्नु पर्छ भन्दै जाहेरी दर्ता गर्न नमानेकाे भण्डारीले समाधानसँग बताए ।
निर्माणाधिन बाटाे हिलाे भएकाे भन्दै वडाध्यक्षले आफुलाई दिनदहाडै बिच सडकमै हातपात गरेकाे सडक उपभाेक्ता समितिका अध्यक्ष भण्डारीले बताए ।
बर्खायाम छ, ठेकेदारले बाटाे बनाइरहेकाे छ, तर वडाध्यक्ष गुरुङले बाटाे किन हिलाे बनाएकाे भन्दै मलाई कुटे– भण्डारीले समाधानसँग भने । स्थानीय कै आग्रहमा आफू उपभाेक्ता समितिकाे अध्यक्ष बनेर बाटाे बनाउने कामलाई सघाएकाे दावी गर्दै भण्डारीले वडाध्यले अझै कुटपिट गर्ने धम्की दिएकाले जिउज्यानकाे सुरक्षा र दाेषी माथि कारवाही माग गर्दै जाहेरी दिन प्रहरीकाे आएकाे बताए ।
पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजारकाे बजेटमा साे सडककाे काम भैरहेकाे छ । यही असार २२ गते पूर्वाधारका कर्मचारी अनुगमनमा जाने कार्यक्रम रहेकाे स्थानीयले जानकारी दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया