लेउवा संघको स्थापना दिवसमा दौड

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको २७ औं स्थापना दिवस तथा २६ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा भएको दौडमा राहुल थापा प्रथम भएका छन् । प्रतियोगितामा मदन थापा दोस्रो, सन्तोष श्रेष्ठ तेस्रो, राजकुमार श्रेष्ठ र खड्कबहादुर कुमाल चौथा भए ।
पोखरा २९ को भण्डारढिक खेल मैदानबाट लेखनाथ महोत्सव स्थलसम्मको करिब साढे २ किलोमिटरमा दौड भएको हो ।
महिला सदस्यबीचको प्रतियोगितामा चोलीमाया थापा प्रथम, छायाँ बसौला द्वितीय र एलिजा गुरुङ तृतीय बने । ५० वर्षमाथिको समूहमा दुर्गाबहादुर थापा प्रथम, मुकुन्द घिमिरे द्वितीय र गोपिचन्द्र बास्तोलाले तृतीय बने ।
प्रतियोगितामा विजयीलाई संघको स्थापना दिवस असार २० गते हुने मुल समारोहमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई चार हजार र सान्त्वना हुनेलाई २ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
संघले सञ्चालनमा गर्ने कृषि उपज खरिद बिक्री केन्द्रमा प्रत्येक शनिबार खुल्ने गरी स्थानीय किसानका उत्पादनको हाट बजारसमेत सुरु भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले किसानको खेत बारीमा फलेका फलफूल र तरकारीलाई बजारीकरण गर्न सहज बनाउन कृषि हाट बजार केन्द्र स्थापना गरिएको बताए ।
कृषि प्रवद्र्धन उपसमितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले बोलेका थिए ।
तपाईको प्रतिक्रिया