माछापुच्छ्रे ८ का वडाध्यक्षकाे राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका ८ का वडा अध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै नेकपा एमालेले राजीनामा माग गरेको छ । वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार राजीनामा माग गर्दै ८ को वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
एमालेले वडा कार्यालयमा व्यानर झुण्ड्याएर वडाध्यक्षलाई कारवाहीको माग गरेको छ । व्यानरमा पटके वडाध्यक्ष राजिनामा दे लगायतका नारा लेखेका छन् ।
वडाध्यक्ष गुरुङले संघीय सरकारको योजना खोरामुख उपल्लो इदिखोला सडकको स्तरउन्नतीको विषयमा उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले निर्माण कार्यमा ढिलाई गरेपछि सो विषयमा भनाभन मात्र भएको प्रतिक्रिया दिए ।
माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरुङले वडाध्यक्षलाई कानूनी दायरामा ल्याए मात्र तालबन्दी खुलाउने बताए ।
‘यसभन्दा अगाडि पनि कर्मचारीलाई हातपात गर्नुभयो, हामीले क्षमा पनि दियौं । फेरि पुनः उपभोक्ता समितिका अध्यक्षलाई हातपात गर्नुभयो, पिडितले न्याय नपाएसम्म तालबन्दी जारी रहन्छ,’ गुरुङले भने ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया