रकगायक रविन तामाङकाे निधन
समाधान संवाददाता
२०८० असार २० गते ११:०२

पाेखरा ।
नेपाली रकगायक तथा कलाकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानी स्थित आफ्नै घरमा उनको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी पछिल्लो समय चलचित्र अभिनयमासमेत थिए । उनको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् । ‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’ लगायत चलचित्रमा उनले अभिनय गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया