राष्ट्रिय खेलकुद परिषद् सदस्यमाथि छानबिन माग

समाधान संवाददाता २०८० असार २० गते ११:३१

पोखरा ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले वर्तमान राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यसमितिमाथि छानबिन गर्न माग गरेको छ ।

Advertisement

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राज्यबाट दिइएको अनुदानस्वेच्छाकारी खर्च, अनियमितता र भ्रष्टाचार भएको दाबी गर्दै वर्तमान खेलकुद परिषद्को समितिमाथि छानबिन माग गरेको हो ।


संघले नवौं राष्ट्रिय खेदकुदमा पनि भ्रष्टाचार भएको आशंका गर्दै सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत खेल पूर्वाधारका लागि खर्च भएको विवरण र निर्णयसहितको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । १९ औं एसियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीको औचित्य पुष्ट्याइँको पनि माग गरेको छ ।


अध्यक्ष देवेन्द्रकुमार शेरचनले राज्य र खेलकुद परिषद्बाट वर्षमा एक पटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगिता गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको बताए । ‘खेलकुद क्षेत्रमा कुनै पनि बहानामा हुने अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्छ र परिषद्का गतिविधिहरूलाई पारदर्शी बनाइनुपर्छ,’ उनले भने ।


संघले खेलाडीहरू आफ्नो खर्चमा आवतजावत गर्ने भए पनि परिषद्का सदस्य सचिवले रकम दुरुपयोग गर्दै मासिक २ लाखभन्दा बढीको भाडाको गाडी चढ्ने गरेको भन्दै यस्ता खर्चलाई खेलाडीको हकहितमा प्रयोग गर्नुपर्ने बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया