राष्ट्रपति पौडेललाई अनेरास्ववियुको चन्दा
समाधान संवाददाता
२०८० असार २१ गते १०:४६

पोखरा ।
अनेरास्ववियु र युवा संघले राष्ट्रपति रामचन्द्र पौडेलको नाममा ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।
पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिए । प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत प्रदेशका सबै जिल्लामा अभियान चलाउने सह संयोजक घिमिरेले बताए ।
राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्ट्रपति पौडेलको आलोचना भइरहेको छ ।
सम्बन्धित







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया