माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ पक्राउ

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङ पक्राउ परेको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए ।
वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा जाहेरी दिएका थिए। उक्त सडकमा नाली बनाउने र जाली भर्ने कामका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
चैतमा उपभोक्ता समिति गठन भएर पनि जेठमा मात्रै निर्माण सम्झौता गरेको, उपभोक्ता समितिले गैरकानुनी रुपमा ठेक्का लगाएको, काममा ढिलासुस्ती गरेको र गुणस्तरहिन काम गरेको भन्दै वडाध्यक्ष गुरुङले उपभोक्ता समिति अध्यक्ष भण्डारीलाई सचेत गराएको बताएका थिए ।
सडकको अनुगमन गर्न ६ पटक जाँदा पनि भेट नभएको र काम नगरेकाले सचेत गराउँदा कुटपिटको आरोप लगाएको वडाध्यक्ष गुरुङको दाबी छ ।
खुल्यो माछापुच्छ्रे ८ को वडा कार्यालयमा लगाएको ताला
वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा लगाएको ताला खुलेको छ ।
उपभोक्ता समितिमाथि कुटपीट गर्ने वडाध्यक्षविरुद्ध जाहेरी दर्ता भएपछि आफूहरुले ताला खोलेको माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमाले नेता कर्ण गुरुङले जानकारी दिए । ‘हाम्रो माग नै वडाध्यक्षलाई कारवाही गर्न जाहेरी दर्ता होस् भन्ने थियो । अहिले जाहेरी दर्ता भइसकेको भन्ने भएपछि ताला खोलिएको हो,’ उनले भने ।
वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया