स्याङ्जामा ग्याँस ‘लिक’ हुँदा आगलागी, ३ जना घाइते
समाधान संवाददाता
२०८० असार २१ गते १३:२२

पोखरा ।
स्याङ्जाको हरिनास गाउँपालिका ६ मा खाना पकाउने ग्याँस चुहावट (लिक) भइ आगलागी हुँदा ३ जना घाइते भएका छन् ।
स्थानीय नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार आगलागीमा परी ६० वर्षीय नारायण मानन्धर, ३४ वर्षीय रोशन भन्ने खिमनारायण मानन्धर र २० वर्षीय विशाल मानन्धर घाइते भएका छन् ।
नारायण र खिमनारायणको दुवै खुट्टाका केही भाग जलेको र विशालका दुवै खुट्टा र अनुहारको केही भाग जलेको प्रहरीले बताएको छ ।
उनीहरुको अहिले पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया