चिउलीपाचे तमु समाज आमा समितिमा लोककुमारी

समाधान संवाददाता २०८० असार २१ गते १४:२८

पोखरा ।

चिउलीपाचे तमु समाज आमा समिति पोखरा १२ को अध्यक्षमा लोककुमारी गुरुङ निर्वाचित भएकी छन् । संस्थाको बुधबार भएको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षमा विष्णुकुमारी गुरुङ, सचिव सुनमाया गुरुङ, सहसचिव उमा गुरुङ, कोषाध्यक्षमा मिनसुभा गुरुङ र सहकोषाध्यक्ष योगमाया गुरुङ छन् ।


सदस्यमा नुनसुभा गुरुङ, रुपा गुरुङ, पूर्णमाया गुरुङ, टौसुभा गुरुङ, सुनमाया गुरुङ, पुष्पा गुरुङ, औसुभा गुरुङ, नुनसुभा गुरुङ, गंगा गुरुङ, मेनसुभा गुरुङ र आशमाया गुरुङ छन् । नवनिर्वाचित कमिटीलाई निर्वाचन समिति संयोजक जंगबहादुर गुरुङ, सदस्यहरु डम्बर गुरुङ, र खिम गुरुङले बुधबार नै सपथ गराएका छन् ।

Advertisement


समाजका वरिष्ठ सल्लाहकार डब्लुओटु गमबहादुर गुरुङले समाजलाई आफूले सदैव तन, मन र धनले सहयोग गर्ने प्रतिवद्धता गरे । उनले समाजले गरेको सम्मानले आफूलाई उत्साह मिलेको सुनाए ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले यो आमा समूहले छोटो समयमा धेरै राम्रा काम गरेको बताइन् । उनले भनिन्, ‘घरको काम सकेर समाज सेवामा पनि लाग्नुभएको छ । आगामी दिनमा पनि यो जोश यस्तै रहन सक्नुपर्छ ।’ उनले यस क्षेत्रको विकास र आमा समूहको नेतृत्वसँगै क्षमता वृद्धिका लागि साथ दिने प्रतिवद्धता गरिन् ।

Advertisement


संस्थाकी अध्यक्ष पदमशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष जंगबहादुर गुरुङ, चिउलीपाचे तमु समाजका केन्द्रीय कार्यवाहक अध्यक्ष क्या. लोककृष्ण गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समितिका कार्यवाहक अध्यक्ष पवित्रदेवी गुुरुङ, नेपाली कांग्रेस क्षेत्र नं. १ का सहसचिव मोती गिरी, चिउलीपाचे तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार रणबहादुर गुरुङ, तमु प्हेलु संघ कास्कीका नवनिर्वाचित अध्यक्ष तिलमाया गुरुङ, सञ्चारकर्मी खिमा गुरुङ, संस्थाकी उपाध्यक्ष लोककुमारी गुरुङ, सचिव विष्णुकुमारी गुरुङ लगायतले बोलेका थिए ।


कार्यक्रममा समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने सामाजिक व्यक्तित्वहरु, दानदाता, कलाकार एवं वृद्ध आमाहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया