आत्मनिर्भर बनाउन तालिमको भूमिका महत्वपुर्ण हुन्छः वडाध्यक्ष बास्तोला
पाेखरा ।
पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आत्मनिर्भर बनाउन तालिमको भूमिका महत्वपुर्ण हुने बताए । उनले विपन्न महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्ने उदेस्यले तालिम संचालन गरिएको बताए । बिहिबार तालिमको समापन गर्दै वडाध्यक्ष बास्तोलाले कुनै पनि काम गर्नलाई दक्ष हुनुपर्ने भन्दै त्यसको लागि तालिम आवस्यक भएको बताएका हुन् । उनले तालिममा सिकेका सीपहरु व्यवहारमा लागु गर्न सके आर्थिक स्तर उकास्न सहयोग पुग्छ । त्यसैले तालिममा सहभागी भएका सबैले जानेका ज्ञान र सीपलाई प्रयोगमा ल्याउन आग्रह गरे ।
वडा कार्यालय र गौतम संस्कार टेलरिङ सेन्टरको आयोजनामा विपन्न महिलाका लागि भनेर तीन महिने तालिम संचालन गरिएको थियो । सहभागी महिलाहरुले तालिमले सीप सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । वडा कार्यालयले तीन महिने सिलाइ बुनाइ तालिम दिएको हो ।
त्यसमा विभिन्न टोल समुहका १८ देखि २० जना महिला दिदिबहिनीको सहभागीता रहेको थियो । समापन कार्यक्रममा आफुले सिकेर आफैले सिलाएको कपडा लगाएर सबैजना उपस्थित हुनुभएको वडाध्यक्ष बास्तोलाले बताए ।
तपाईको प्रतिक्रिया