गण्डकी प्रदेश स्तरीय क्लाईम्बिङ्ग स्पोर्ट्स संघको तदर्थ समिति गठन

पाेखरा
खेलकुद नियमावली २०७९ अनुसार राष्ट्रिय खेलकुद परिषदबाट विशेष खेलको मान्यता पाएको नेपाल क्लाईम्बिङ्ग स्पोर्ट्स संघको गण्डकी प्रदेश स्तरीय क्लाइम्बिङ्ग स्पोर्ट्स संघको तदर्थ समिति असार २१ गते विहिबार भेलामा गठन गरिएको छ ।
नेपाल क्लाईम्बिङ्ग स्पोर्ट्स संघका उपाध्यक्ष तथा प्रदेश गठनका सदस्य सुनार बहादुर गुरुङको अध्यक्षतामा र गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य तारामाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरोकरवालाहरूको उपस्थितिमा तदर्थ समिति गठन गरेको हो ।
भेलाले ११ सदस्यीय समितिको अध्यक्षमा शेषकान्त शर्मा (पर्वत), उपाध्यक्षद्धयमा अनिल पाण्डे (तनहुँ) र मनु गुरुङ (मनाङ), सचिवमा मनशान्त घिमिरे (लमजुङ), कोषाध्यक्षमा पुष्पा तिलिजा पुन (म्याग्दी) र सह सचिवमा सिद्धार्थ केसि (तनहुँ) चयन भएका छन् । साथै सदस्यहरूमा कृपा कुमार गुरुङ (कास्की), सान्ता गुरुङ (गोरखा) र हिरा कुमारी मल्ल (स्याङ्जा) रहेका छन् । बाँकी दुई सदस्य भने प्रदेश खेलकुद परिषद गण्डकी वाट मनोनित हुने प्राबधान रहेको छ ।
भेलाका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य थापाले तदर्थ कमिटी बाट आगमी ४ महिना भित्र विधान, लोगो, छाप, लेटरप्याड बनाई सरोकारवालाहरु लाई समेटेर अधिवेशन गर्ने निर्देशनका साथै आगामी दिनहरुमा यस संघलाई प्रदेश खेलकुद परिषद सँगसँगै लिएर जाने र आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने बारे संघलाई पूर्णरूपमा सहयोग गर्ने बारेमा बचनबद्ध भएर लाग्ने बताए ।
साथै भेलाका अध्यक्ष गुरुङले केन्द्रीय संघले विगत १२ वर्ष देखि इन्डोर र आउटडोर रक क्लाईम्बिङ खेलका बिभिन्न गतिविधिहरु नेपाल भित्र गर्दै आएकोमा नीति निर्माणका बिभिन्न कार्यहरुमा प्रादेशिक स्तरमा मै योजना बनाउने सन्दर्भमा यस प्रदेशको गठन गर्नु परेको व्यक्त गरे । भेला लेकसाइड को २० नं। स्ट्रिट स्थिति वेस्ट इन्डोर स्पोर्ट्स हबको सभाहलमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया