४ हजार धरौटीमा छुटे वडाध्यक्ष गुरुङ

समाधान संवाददाता २०८० असार २४ गते ११:०५

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङ धरौटीमा रिहा भएका छन् । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा गुरुङ प्रहरीले नियन्त्रणमा थिए । गुरुङ ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

समयमै काम नसकेको आरोपमा पक्राउ परेका वडाध्यक्ष गुरुङले उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारी माथी अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया