नेतृत्व मञ्चको आयोजनामा कूटनीतिसम्बन्धी सेमिनार

समाधान संवाददाता २०८० असार २४ गते १७:०६

पोखरा
नेतृत्व मञ्च पोखराको आयोजनामा दुई दिवसीय सरलीकृत कूटनीति नामक सेमिनार सम्पन्न भएको छ । कूटनीतिका विभिन्न आयाम र अभ्यासबारे युवा पुस्तालाई सचेत बनाउने उदेश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब २० जना युवाहरु सहभागीहरु थिए ।

Advertisement

कार्यक्रमको पहिलो दिन सहभागीहरुले विभिन्न देशका लागि नेपाली राजदूतको नमुना भूमिका निर्वाह गरी कार्ययोजना पेश गरेका थिए । दोस्रो दिनमा उनीहरुले क्षेत्रीय कूटनीतिको अभ्यासका रुपमा नमुना बिम्सटेक सम्मेलनमा विभिन्न देशको प्रतिनिधित्व गर्दै सामूहिक प्रस्तुति दिएका थिए ।

उनीहरुले नमुना राजदूतको रुपमा नमुना राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र प्रस्तुतको अभ्यास र दुईपक्षीय संयुक्त विज्ञप्ति प्रस्तुत गरेका थिए । मञ्चका संस्थापक संयोजक समेत रहेका अन्तराष्ट्रिय सम्बन्धका विद्यार्थी आरोग्य मोहन काफ्लेले सहजीकरण गरेको कार्यक्रममा कूटनीति सञ्चालन तथा अभ्यास, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको कूटनीति, राजदूत एवं कूटनीतिज्ञको जीवन र अन्तर्राष्ट्रिय मामिलामा पेशागत अवसर लगायतका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि एवं पृथ्वीनारायण नारायण क्याम्पसका सहप्राध्यापक भिमनाथ बरालले राज्यले नै लगानी गरेर गर्नुपर्ने कार्यक्रम एउटा संस्थाले गरेकोमा खुसी व्यक्त गरे । यस्तो कार्यक्रम युवा पुस्तालाई बढी सान्दर्भिक हुने बताँउदै देशको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न यस्तो संयोजनले टेवा पु¥याउने उनले बताए । मञ्चकी अध्यक्ष सुप्रिया श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता प्रकट गर्दै यस्ता संयोजन संस्थाले भविष्यमा पनि गर्ने बताइन् । मञ्चकी सचि प्रतीक्षा पौडेलद्वारा सञ्चालित कार्यक्रमको संयोजक मञ्चका उपाध्यक्ष धिरज परियार थिए ।

तपाईको प्रतिक्रिया