हृदय रोग निवारण प्रतिष्ठान कास्कीको सभा
पोखरा ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान कास्की शाखाको वार्षिक साधारणसभा एवं कार्यसमितिको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य सूर्यप्रसाद ढकालले विश्वमा मुटुरोग जटिल समस्याको रूपमा रहेकाले समयमै यसमा सचेत नहुने हो भने ठूलो स्वास्थ्य समस्याको रूपमा बढ्दै जाने सुनाए । आहार–विहारमा ख्याल गर्ने, बढी चिल्लो, बासो भएको नखाने, तारेको, भुटेको खानेकुरा कम खाने, चुरोट, रक्सी सेवन नगर्ने र दैनिक एक घण्टा पसिना आउने गरी हिँड्नु उपयुक्त हुने उनले बताए ।
कार्यक्रमका सभापति केदार ढकालले नेपालमा बढ्दै गएको मुटुरोगको समस्या समाधानका लागि, मुटु बाथ ज्वरोको समस्याको समाधानका लागि विद्यालयदेखि नै सचेतना कार्यक्रहरू चलाउनुपर्नेमा जोड दिए ।
संस्थाका आजीवन सदस्यहरूको उपस्थिति रहेको उक्त साधारणसभाको बन्दसत्रमा आव २०७८/७९ र आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन तथा आव २०८०/०८१ को प्रस्तावित कार्यक्रम र बजेट संस्थाका सभापति, सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका थिए ।
साधारणसभाले आगामी तीन वर्षका लागि सभापतिमा केदार ढकालसहित ११ जना सदस्यहरूमा हरिप्रसाद बराल, सुनयना पालिखे, राजेन्द्र पहारी, उमा ठकुरी, कुलबहादुर नेपाली, तीर्थराज न्यौपाने, नवीनराज बराल, परमेश्वर दाहाल, नारायण सुवेदी टंकप्रसाद पौडेल, लक्ष्मी क्षेत्री पाण्डे, निर्विरोध चयन गरिएको छ । त्यस अवसरमा निर्वाचन अधिकृत डा.देवीलाल शर्माले निर्वाचित सबैलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।
साधारण सभाको शुभारम्भ सत्रमा शुभकामना मन्तव्य दिनेमा आजीवन सदस्य हरिप्रसाद बराल, कुलबहादुर नेपाली, नवीनराज बराल प्रध्यापक एवं कार्यक्रमका निर्वाचन अधिकृत डा.देवीलाल शर्मा तिमिल्सिना थिए । स्वागत मन्तव्य राजेन्द्र पहारीले राखे भने कार्यक्रम सञ्चालन सचिव तीर्थराज न्यौपानेले गरेका थिए । शाखा सभापति केदार ढकालको सभापतित्व कार्यक्रम भएको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया