लायन्स क्लबको वृक्षारोपण

समाधान संवाददाता २०८० असार २५ गते १३:०९

पोखरा ।
लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा पोखरा १८ जामुनबोट, ग्यारजातीमा वृक्षरोपण र गोलमेल गरिएको छ । डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्ट चिफ लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा २७ क्लबहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, डिस्ट्रिक्ट ३२५ एमका प्रथम उपाध्यक्ष चण्डीप्रसाद अर्यालको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।


कार्यक्रममा २ ट्रक मल, २० बोरा जुतो र कुखुराको मल बिरुवामा राखी गोडमेल गर्नुको साथै कृषि औजार पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बरालले जानकारी दिए ।


लायन्स क्लबले एभोकार्डो ६० वटा, बेलाउँती ४० वटा, टिमुर ४० वटा र फूलहरुका बिरुवा ४० र अन्य बिरुवा २० गरी २०० बिरुवा आइतबार सारेको हो । पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य बिरुवा उपलब्ध गराउने भएको हो ।

Advertisement


कार्यक्रममा डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बराल, कोचिफ एडभाइजर दामु अधिकारी, कोचिफ एडभाइजर शिवराज आचार्य, पढाउ अभियान चिफ पुष्पा आचार्य, जिएलटी कोअर्डिनेटर डोलराज पोखरेल, राष्ट्रिय विभूति तथा सहिद पार्क समितिका अध्यक्ष भरतबहादुर थापा, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, भृकुटी आमा समूह ग्यारजातीकी अध्यक्ष मनु भण्डारी लगायत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लबका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति थियो । कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा डेस्टिनेसनले गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया