गण्डकीमा शुक्रबार सार्वजनिक बिदा
समाधान संवाददाता
२०८० असार २७ गते १०:४६

पोखरा ।
गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक विदा दिइएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णय अनुसार असार २९ गते शुक्रबार विदाको निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । संघले दिएबाहेक प्रदेशलाई वर्षमा ६ दिन विदा दिने अधिकार छ ।
प्रदेश सरकारले प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिएको छ । तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तले वाल्मिकी रामायणलाई अनुवाद गरेका हुन् । उनका दर्जनौं अरु कृति पनि छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया