रोटरी लेखनाथको वृक्षरोपण

समाधान संवाददाता २०८० असार २७ गते १४:३१

लेखनाथ ।
आफ्नो घर आँगनको वातावरण स्वच्छ राखौं भन्ने नाराका रोटरी क्लब अफ लेखनाथले पोखरा २९ मा मंगलबार वृक्षरोपण गरेको छ । क्लबले अगाडि सारेको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा २९ को नवदुर्गा आधारभूत विद्यालय परिसरमा विभिन्न जातका फलपूmलका बिरुवा लगाएको हो ।


विद्यालय परिसरमा बिरुवा लगाउँदै वडा नं २९ का वडासदस्य क्षेत्रबहादुर गुरुङले विश्वमा बढ्दै गएको वातावरणीय समस्यलाई मध्यनजर राख्दै वृक्षरोपण अभियानलाई तिव्रताका साथ अगाडि बढाउँदै नयाँ घर बनाउने वडावासीले आफनो घरअगाडि बिरुवा लगाउनै पर्ने नियम बनाउन लागेको बताएका थिए ।


क्लबका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर गुरुङ, क्लबका पूर्व अध्यक्ष शिवमणि भण्डारी र क्लबका सचिव माधवप्रसाद बराल लगायतले बिरुवा लगाउनुमात्र ठूलो कुरा नभई लगाएका बिरुवालाई समय समयमा गोडमेल र रेखदेखको आवशयकता रहने सुझाव राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया