लाउरेले भने: पोखराका सडक बत्ती नागरिकको भविष्य जस्तै धमिलो छन्

पोखरा।
चर्चित र्यापर आशीष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् । लाउरेले बुधबार सामाजिक सञ्जालमार्फत पोखराका मेयर आचार्यलाई खुलापत्र लेखेका हुन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै काम गर्न सुझाव दिएका छन् ।
र्यापर लाउरेले पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो भएको बताएका छन् । ‘कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन,’ उनले लेखेका छन् ।
संयोग कस्तो भने मंगलबार पोखराको न्युरोडमा जडान गरिएको स्मार्ट सडक बत्ती परीक्षणका क्रममा बालिएको थियो ।
उज्यालो पोखरा अभियान अन्तर्गत महानगरका विभिन्न क्षेत्रहरूमा जडान गरिएका १९ सय बढी स्मार्ट बत्तीहरूमध्ये न्युरोडमा जडान गरिएको बत्ती परीक्षण गरिएको थियो । त्यही बेला ¥यापर लाउरेको टिप्पणी सार्वजनिक भएको छ ।
यस सडकमा निर्माण गरिएको डिभाइडरमा रङ रोगनको काम अन्तिम चरणमा पुगेकाले अब केही दिनभित्रै बत्तीहरू नियमित बालिने नगरप्रमुख धनराज आचार्यले जानकारी दिए । सोमबारदेखि डिभाइडरमा एक्सोरा प्रजातिको फूलका बिरुवाहरू रोप्न थालिएको छ ।
महानगरलाई सुरक्षित र २४ सै घण्टा उज्यालो सहरका रूपमा विकास गर्ने गरी नेपाल विद्युत प्राधिकरणको सहकार्य तथा साझेदारीमा थालिएको स्मार्ट बत्तीहरू जडानको कार्य अन्तिम चरणमा पुगेको छ । सेन्सर सहितका यी बत्तीहरूको कन्ट्रोलिङ भने प्राधिकरणको केन्द्रीय प्रणालीले गर्नेछ ।
बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिने ¥यापर लाउरेले उल्लेख गरेका छन् ।
‘पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रंगशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ । जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन्,’ उनले लेखेका छन् ।
उनले मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न आग्रह गरेका छन् । युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्मदिन सक्छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ,’ लाउरेले लेखेका छन् । मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया