
म्याग्दी ।
कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् ।
एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए । सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन् ।
‘साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई रु २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ,’ उनले भने, ‘केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन् ।’ साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई रु एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ । मुहानको संरक्षण, इन्टेक, ट्यांकी, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ ।
गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए । सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा–९ तोरीपानीका तुलसीराज गिरीले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया