सूर्य नेपाललाई शौचालयको काम रोक्न आदेश

समाधान संवाददाता २०८० असार २९ गते १०:४१

पोखरा ।
उच्च अदालत पोखराले लेकसाइडको बाराही घाटमा सूर्य नेपाल प्रालिले बनाउँदै गरेको सार्वजनिक शौचालयको काम यथास्थितिमा राख्न आदेश दिएको छ ।


न्यायाधीश श्रीधराकुमार पुडासैनीको एकल इजलासले पोखरा महानगरसहित निर्माण कम्पनीलाई काम यथास्थितिमा राखी विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र कारणसहित उपस्थिति हुन निर्देशन दिएको हो । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति सदस्य अनिल थापाले बुधबार दायर गरेको रिटमा उच्चले बिहीबार निषेधाज्ञा जारी गरेको हो ।


रिट निवेदक थापाले महानगरले सार्वजनिक जग्गा संरक्षणको साटो अरुलाई दिएर अनुचित लाभ लिन खोजेकाले अदालत जानुपरेको बताए । उनी भन्छन्, ‘सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने पोखरा महानगरपालिकाले उल्टै व्यावसायिक कम्पनीलाई भाडामा दिएपछि रिट दायर गरेँ ।’ सूर्यले बनाउन लागेको शौचालयको ५० मिटरमा महानगरको शौचालय छ ।

Advertisement


रिट निवेदकको तर्फबाट रोहितराज बास्तोला र भगवती पहारीले बहस गरेका थिए । पोखरा महानगरपालिकाको संयोजकत्वमा बन्ने शौचालयका सूर्य नेपालले डेढ करोड रुपैयाँ लगानी गर्ने बनाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया