दीपेन्द्रलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०८० असार २९ गते ११:१४

पोखरा ।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सम्मान गरिने भएको छ ।

Advertisement


पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा सदस्यहरु एमबी आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ सदस्य रहेको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।


तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको वैवाहिक वर्ष गाँठको अवसरमा शुक्रबार यो पुरस्कार प्रदान गरिँदै छ । सोही कार्यक्रममा नवगठित तमु सञ्चारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यलाई बधाई ज्ञापनसमेत गर्ने कार्यक्रम पनि छ ।

Advertisement

तपाईको प्रतिक्रिया