‘ट्रिपिङ’ले उपभोक्ता समस्यामा

नवलपरासी ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पूर्वसूचना बिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ ।
मध्यविन्दु–३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए । ‘सूचना बिना विद्युत् कटौती हुने गरेको छ । यसरी झ्याप्प बत्ती जाने र आउने गर्दा धारामा जडान गरिएको मोटर नै बिग्रियो’, उनी भन्छन्, ‘जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको छ ।’ कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पंखा फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेको उनले सुनाए ।
नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका इन्जिनियर तिलकराम थनेतले जिल्लामा आपूर्तिभन्दा विद्युतको माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको उल्लेख गरे । भरतपुर–बर्दघाट प्रसारण लाइनको विकल्पमा अर्को प्रसारण लाइन सञ्चालनमा नआएसम्म जिल्लामा ट्रिपिङको समस्या समाधान गर्न कठिनाइ हुने उनी जनाउँछन् ।








‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया