पोखराका भुवन क्षत्री इक्यान उपाध्यक्ष निर्वाचित

पोखरा ।
पोखराका शैक्षिक परामर्शदाता भुवन क्षत्री देशैभरका शैक्षिक परामर्शदाताहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका हुन् । इक्यानको शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट क्षत्री उपाध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष शेषराज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले अरु ३ उम्मेदवारलाई पराजित गरेका हुन् ।
इक्यानको ३ जना उपाध्यक्षमध्ये पोखराका भुवन उत्कृष्ट मतसहित निर्वाचित भएका हुन् । अरु निर्बाचित उपाध्यक्षमा लक्ष्मण पौडेल, गीताञ्जली शर्मा छिन् । उपाध्यक्षमा ११ जना प्रतिस्पर्धी थिए । क्षत्री पोखराको टार्गेट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका संस्थापक एवं सञ्चालक हुन् । इक्यान कास्कीका पूर्वअध्यक्ष र हाल सल्लाहकार समितिका सभापति रहेका क्षत्रीलाई संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवार बनाउने इक्यान कास्कीले नै निर्णय गरेको थियो ।
महासचिव दीपकराज भुसाल निर्वाचित भएका छन् । सचिव भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई कोशाध्यक्ष आशिक कार्की र सहकोशाध्यक्ष विकल्पराज पोखरेल निर्वाचित भएका छन् । सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का, मञ्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी सदस्य निर्वाचित भएको जानकारी देवराज शर्माले जानकारी दिए ।







बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया