रासायनिक मल कारखाना खोल्न पहल

काठमाडौं ।
करिब ९३ अर्ब ५३ करोड लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले शुक्रबार एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरे । सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, बोर्डको गत चैत १७ गते सम्पन्न ५० औं बैठकले सो कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत चैत ३० मा भएको लगानी बोर्डको ५३ औं बैठकले स्वीकृत गरेको थियो ।
समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक कम्पनीलेले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । प्रस्तावक कम्पनीले हाइब्रिड, ग्यास वा दुवैमध्ये कुन उपयुक्त प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । सो प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी झण्डै ९३ अर्ब ५३ करोड बराबरको लगानी लाग्नेछ ।
आगामी आर्थिक वर्षको बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया