पोखरा–मुग्लिन सडकबारे छलफल

समाधान संवाददाता २०८० असार ३१ गते १३:००

गण्डकी ।

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)को टोलीबीच शुक्रबार छलफल भएको छ ।


सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुुई/दुुई लेनका २ पुल बनाउन १ अर्ब ७ करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ ठूला र १२ साना पुल बन्ने छन् ।

Advertisement


छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक (पोखरा खण्ड) अमितकुमार श्रेष्ठ लगायतको उपस्थिति थिए ।


भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले सुनाए ।

Advertisement


‘अहिले हामीले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरिसकेका छौं’, उनले भने, ‘अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो । अब केही स्थायी संरचना हटाउन बाँकी छ; मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइनेछ ।’


हाल कामअघि बढाउनका लागि वातावरण तयार गरिएको र कामअघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले सुनाए । एसियाली विकास बैंकको सहयोगमा विस्तार गरी ४ लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।

तपाईको प्रतिक्रिया